लूकाको सुसमाचार 6:17 - पवित्र बाइबल17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशू चेलाहरूसँगै डाँडाबाट ओर्लनुहुँदा उहाँहरू एउटा चउरमा आइपुग्नुभयो। त्यहाँ धेरै चेला र अरू मानिसहरूको समेत ठूलो घुइँचो लागेको थियो। यहूदिया क्षेत्रका सबैतिरबाट, यरूशलेम सहरबाट अनि समुद्रको किनारमा परेका टुरोस र सीदोन सहरबाट अनगिन्ती मानिसहरू आएर त्यहाँ जम्मा भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए। Viz kapitola |