लूकाको सुसमाचार 5:7 - पवित्र बाइबल7 तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्न लागे। निकाल्दा-निकाल्दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्न लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। Viz kapitola |