लूकाको सुसमाचार 5:33 - पवित्र बाइबल33 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 कति मानिसहरूले येशूलाई भने, “यूहन्नाका चेलाहरू सधैँजसो उपवास बस्छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।” Viz kapitola |