लूकाको सुसमाचार 5:10 - पवित्र बाइबल10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र सिमोनसँगै मिलेर काम गर्ने जब्दियाका छोराहरू याकूब र यूहन्नालाई पनि साह्रै अचम्म लागेको थियो। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्याउने हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।” Viz kapitola |