लूकाको सुसमाचार 4:40 - पवित्र बाइबल40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 घाम अस्ताएपछि मानिसहरूले धेरै किसिमका बिमारीहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरूमाथि हात राखेर सबैलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। Viz kapitola |