लूकाको सुसमाचार 4:27 - पवित्र बाइबल27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यस्तै एलीशा अगमवक्ता हुँदा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए। तर तिनीहरूमध्ये सिरिया देशको नामान भन्ने मानिसबाहेक अरू कोही पनि निको भएनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान मात्र निको पारिए।” Viz kapitola |