लूकाको सुसमाचार 23:8 - पवित्र बाइबल8 जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येशूलाई देख्न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा थियो। उनी येशूले केही अचम्मको काम गर्नुभएको हेर्न पाउँछु भन्ने आशा लिएर बसेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। Viz kapitola |