लूकाको सुसमाचार 20:46 - पवित्र बाइबल46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 “लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “धर्म-गुरुहरूबाट होशियार भएर बस। तिनीहरू त देखावटी लुगा लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँ खोज्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। Viz kapitola |