लूकाको सुसमाचार 20:10 - पवित्र बाइबल10 त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाख पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। तर ती मोहीहरूले त्यसलाई कुटेर केही पनि नदिई फर्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए। Viz kapitola |