लूकाको सुसमाचार 20:1 - पवित्र बाइबल1 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरले पठाउनुभएको सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यति बेला मुख्य पूजाहारी र धर्म-गुरुहरू अरू अगुवाहरूसँगै मिलेर उहाँकहाँ आएर भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए। Viz kapitola |