लूकाको सुसमाचार 19:30 - पवित्र बाइबल30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “ऊ त्यो पल्लो गाउँमा जाओ। त्यहाँ तिमीहरूले कहिल्यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। Viz kapitola |