लूकाको सुसमाचार 18:11 - पवित्र बाइबल11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 फरिसीले अलग्गै उभिएर यसरी प्रार्थना गर्यो, ‘हे पिता, म तपाईंलाई धन्यवाद चढाउँछु किनकि म अरू मानिसजस्तो लोभी र बेइमानी छैनँ। मैले व्यभिचार गरेको छैनँ। म यो कर उठाउने मानिसजस्तो छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ। Viz kapitola |