लूकाको सुसमाचार 14:21 - पवित्र बाइबल21 “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, ‘सहरका सड़कहरू र गल्लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्लीहरूमा जाऊ। त्यहाँबाट गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई बोलाएर यहाँ ल्याऊ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’ Viz kapitola |