लूकाको सुसमाचार 14:10 - पवित्र बाइबल10 “यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ‘ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि गएर बस्नोस्।’ त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 बरु विवाहमा जाँदा पछिल्तिर गएर बस र निम्त्याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्नुहोस्’ भनेर मुख्य ठाउँमा बसाउला। त्यस बेला सबैको सामुन्ने तिम्रो ठूलो इज्जत हुनेछ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्नुहोस्।’ तब तिमीसँग भोजमा बस्नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ। Viz kapitola |