लूकाको सुसमाचार 12:46 - पवित्र बाइबल46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसँग पठाइदिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 त्यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्यसका मालिक आउनेछन्, र त्यसलाई दण्ड दिनेछन्, र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यसको मालिकचाहिँ त्यसले नचिताएको दिन र घडीमा आइपुग्नेछन् अनि त्यसलाई ठूलो दण्ड दिनेछन् र त्यसको गति परमेश्वरलाई नमान्नेहरूको जस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्वासीहरूको स्थान दिनेछन्। Viz kapitola |