लूकाको सुसमाचार 12:33 - पवित्र बाइबल33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिमीहरूले आफ्नो सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्नो लागि सधैँ रहने भण्डार बनाओ र कहिल्यै नसकिने धन स्वर्गमा जम्मा गर। त्यहाँ त चोर पनि लाग्दैन, किराले पनि खाँदैन Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। Viz kapitola |