लूकाको सुसमाचार 12:28 - पवित्र बाइबल28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढ़ी आभूषित गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्वरले यसरी सिँगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै तिमीहरूको विश्वास? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! Viz kapitola |