Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:1 - पवित्र बाइबल

1 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसै बीच जब हजारौँको भीड जम्‍मा भयो, यहाँसम्‍म कि एउटाले अर्कालाई कुल्‍चन लाग्‍यो, उहाँले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्‍यो खमिर तिनीहरूको कपट आचरण हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हजारौँ मानिसहरू जम्‍मा भएकोले घुइँचो भएर मिचामिच नै होलाजस्‍तो लागिरहेको थियो। त्‍यस बेला येशूले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू फरिसीहरूको रोटीको खमिरदेखि जोगिएर बस! भनाइको अर्थ हो, तिनीहरूको कपटदेखि जोगिएर बस

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:1

Následuj nás:

Reklamy


Reklamy