लूकाको सुसमाचार 11:32 - पवित्र बाइबल32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर अहिलेका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापलाई मानेर छोडे। तर हेर, योनाभन्दा पनि ठूलो एक जना यहाँ छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्। Viz kapitola |