लूकाको सुसमाचार 11:29 - पवित्र बाइबल29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई अरू कुनै चिन्ह दिइनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मानिसको घुइँचो बढ्दैगयो। त्यसै बेला येशूले भन्नुभयो, “हिजो-आज मानिसहरू कति दुष्ट छन्! तिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर परमेश्वरले अगमवक्ता योनाको जीवनमा देखाउनुभएको जस्तो चिन्हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 भीडहरू बढ्दै गएपछि येशूले भन्नुभयो, “यो एक दुष्ट पुस्ता हो; यिनीहरूले अद्भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन। Viz kapitola |