लूकाको सुसमाचार 10:40 - पवित्र बाइबल40 मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 मार्थाचाहिँ सेवा-सत्कार गर्ने काममा अल्झिरहिन्। आफूले मात्र धेरै काम गर्नुपरेकोले उनले येशूकहाँ आएर भनिन्, “हे प्रभु, भएभरको सबै काम मैले नै गर्नुपर्छ। बहिनीचाहिँ केही पनि गर्दिन। के तपाईं देख्नुहुन्न? त्यसलाई आएर मलाई काम गर्न सघाउन भनिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!” Viz kapitola |