लूकाको सुसमाचार 10:13 - पवित्र बाइबल13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूको बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएको भए त्यहाँका मानिसहरूले धेरै अघि नै आ-आफ्ना पापलाई मानेर छोड्नेथिए अनि पाप मानिलिएको देखाउन बोराको लुगा लगाएर खरानी घस्नेथिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “धिक्कार, तँलाई, हे खोराजिन! धिक्कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्चात्ताप गर्नेथिए। Viz kapitola |