लेवीहरू 4:31 - पवित्र बाइबल31 अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यसको सबै बोसो मेलबलिका बलिदानको बोसोझैँ त्यसले झिकोस्, अनि पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई त्यो वेदीमा जलाऊन्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो उठाएझैँ त्यसले उठाओस् र वेदीमाथि जलाओस् अनि त्यसको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ त्यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। Viz kapitola |