लेवीहरू 26:26 - पवित्र बाइबल26 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 म तिमीहरूको अन्न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा दश घरका आइमाईहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 म तिमीहरूको खाना जुट्न दिनेछैन र दश जना स्त्रीहरूसित भएका सबै खाना पकाउनलाई एउटा चुलो मात्र भए पुग्छ। तिनीहरूले खाना खटाई-खटाई बाँड्नेछन् र तिमीहरूले ती सबै खाइसकेपछि पनि अझै भोका नै रहनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्त हुनेछैनौ। Viz kapitola |