लेवीहरू 25:35 - पवित्र बाइबल35 “तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्ये कोही अति गरीब भएर आफ्नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्तै गरी त्यसलाई सहायता दिनू, कि त्यो तिमीहरूसित बसिरहन सकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिम्रो छेउमा बस्ने इस्राएली छिमेकी गरीब भएर आफ्नो पोषण भार थाम्न नसक्ने भयो भने जसरी ज्यामीलाई ज्याला दिन्छौ, त्यसरी त्यसको पनि तिमीहरूले देखभाल गर्नुपर्नेछ र त्यो मानिस तिम्रा छेउमा बसोबास गरिरहन सकोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्। Viz kapitola |