लेवीहरू 23:22 - पवित्र बाइबल22 “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “‘तिमीहरूले आफ्नो देशमा खेतको बाली काट्दा खेतका छेउ-छेउसम्म निखारेर नकाट्नू। तिमीहरूले आफ्नो बालीको शिला-बाला नबटुल्नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्छौ, खेतका किनारकिनारमा भएको बाली नकाट्नू र छाडिएका अन्नको बाला काट्नलाई फर्केर नजानू। ती गरीब र विदेशीहरूको निम्ति छोडिदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ” Viz kapitola |