Online Bible

- Reklamy -




लेवीहरू 21:10 - पवित्र बाइबल

10 “प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “‘जो आफ्‍ना दाजुभाइमा प्रधान पूजाहारी भएको छ, र जसको शिरमा अभिषेकको तेल खन्‍याइसकेको छ, अनि जो पूजाहारी पदको वस्‍त्र लगाउनलाई अलग गरिएको छ, त्‍यसले आफ्‍नो शिरको कपाल शोकमा नफुकाओस्, अनि आफ्‍नो लुगा नच्‍यातोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “शिरमा अभिषेकको तेल खन्‍याएर मुख्‍य पूजाहारीलाई पूजाहारीको वस्‍त्र पहिरनलाई अर्पण गरिएको हुन्‍छ, यसैले आफूले शोक गरेको कुरा प्रकट गर्नलाई उसले आफ्‍नो केश नकोरी खुल्‍ला छोड्‍नु वा लाएको कपडा च्‍यात्‍नुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्, र आफ्ना लुगा नच्यातोस्।

Viz kapitola kopírovat




लेवीहरू 21:10

Následuj nás:

Reklamy


Reklamy