लेवीहरू 20:17 - पवित्र बाइबल17 “यदि कुनै दाज्यूभाइ आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “‘कसैले आफ्नी बहिनी, अर्थात् आफ्ना बुबा वा आमापट्टिकी छोरी विवाह गरेर तिनीहरूले यौन सम्बन्ध राखे भने त्यो लाजमर्दो कुरा हो। ती दुवै आफ्ना मानिसहरूका बीचबाट बहिष्कार गरिऊन्। त्यसले आफ्नै बहिनीको अनादर गरेको छ। त्यो आफ्नो अपराधको निम्ति उत्तरदायी हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कोही मानिसले आफ्नै वा झट्केली दिदी वा बहिनीलाई राख्यो भने तिनीहरूलाई सारा जन-समूहको सामुन्ने अपमान गरेर समाजबाट धपाइदिनू। त्यसले आफ्नी दिदी वा बहिनीसित सम्भोग गरेको छ र त्यसको फल भोग्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ। Viz kapitola |