लेवीहरू 17:15 - पवित्र बाइबल15 “यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “‘स्वदेशी होस् वा परदेशी होस् जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कुनै इस्राएली वा विदेशी मानिसले स्वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खायो भने त्यसले आफ्ना लुगा धुनु र स्नान गर्नुपर्छ अनि फेरि शुद्ध हुनलाई साँझसम्म पर्खनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। Viz kapitola |