लेवीहरू 10:6 - पवित्र बाइबल6 तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्ना लुगा नच्यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्निले नष्ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “हामी शोकमा छौं भनी देखाएर तिमीहरूले आफ्ना केश कोर्न नछोड, कपडा नच्यात। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ र परमप्रभु सारा इस्राएली समूहसित रिसाउनुहुनेछ। तर तिम्रा अरू इस्राएली साथीहरूले परमप्रभुले पठाउनुभएको आगोले गराएको यस मृत्युमा शोक गर्न पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्। Viz kapitola |