लेवीहरू 10:3 - पवित्र बाइबल3 त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्नो महिमा आफ्ना प्रजालाई देखाउनेछु’ भन्नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे। Viz kapitola |