लेवीहरू 10:14 - पवित्र बाइबल14 “तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर डोलाइएको ह्याकुला र प्रस्तुत गरिएको साँप्राचाहिँ तिमी र तिम्रा छोराछोरीहरूले चोखो ठाउँमा खानू, किनकि तीचाहिँ इस्राएलीहरूका मेलबलिबाट तिमी र तिम्रा छोराछोरीहरूको भाग दिइएका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष दान र भेटीका रूपमा चढाइएका ह्याकुला र पछिल्ला साँप्राहरू तिमी र तिम्रा परिवारले खान सक्छौ। ती तिमीहरूले विधिअनुसार शुद्ध ठहरिएको कुनै एउटा स्थानमा खान सक्छौ। यी भेटीहरू इस्राएलीहरूले चढाएका मेलबलिबाट तिमी र तिम्रा छोरा-छोरीहरूलाई दिइएका भाग हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो। Viz kapitola |