विलाप 2:9 - पवित्र बाइबल9 यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्राई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसका मूल ढोकाहरू भूइँमै भासिए। उहाँले त्यसका गजबारहरू भत्काएर नष्ट पार्नुभयो। त्यसका राजा र राजकुमारहरू अन्य-जातिहरूका बीचमा निष्कासित छन्, र व्यवस्था रहँदैन। अनि त्यसका अगमवक्ताहरूले पनि परमप्रभुबाट केही दर्शन पाउँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसका मूल-ढोकाहरू भूइँमा नै भासिए, उहाँले त्यसका गजबारहरू टुक्रा-टुक्रा पार्नुभयो। राजा र भद्र मानिसहरू अब निष्कासित भएका छन्। अब व्यवस्था सिकाइँदैन र अगमवक्ताहरूले पनि परमप्रभुबाट दर्शन पाउँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसका मूलढोकाहरू जमिनमा भासिए; त्यसका गजबारहरू भत्काएर नष्ट पारिए। त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्। अब व्यवस्था रहँदैन, न त तिनीहरूका अगमवक्ताहरूले याहवेहबाट कुनै दर्शन नै पाउँछन्। Viz kapitola |