विलाप 2:7 - पवित्र बाइबल7 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले आफ्नो वेदीलाई अस्वीकार गर्नुभएको छ, आफ्नो पवित्र स्थानलाई त्यागिदिनुभएको छ। त्यसका महलका भित्ताहरू उहाँले शत्रुको हातमा दिनुभएको छ। तिनीहरूले परमप्रभुको भवनमा नै तोकिएको चाड़को दिनमा झैँ विजयको ध्वनि लगाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 प्रभुले आफ्ना वेदीलाई तिरस्कार गर्नुभयो र पवित्र मन्दिरलाई उजाड पार्नुभयो। उहाँले त्यसका पर्खालहरू शत्रुको हातद्वारा भत्काउन लाउनुभयो। तिनीहरूको मन्दिरमा चाडको दिनमा झैँ विजयको ध्वनि लगाइएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ, र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ। उहाँले त्यसका महलका पर्खालहरू शत्रुका हातमा दिनुभएको छ; तिनीहरूले तोकिएको चाडको दिनमा झैँ याहवेहको भवनमा उत्सवको उच्च आवाज उठाएका छन्। Viz kapitola |