विलाप 2:21 - पवित्र बाइबल21 गल्लीहरूमा जवानहरू, र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो, तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “गल्ली-गल्लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्। आफ्नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 युवा र बुढाहरूका लाशहरू गल्ली-गल्लीहरूमा त्यसै परिरहेका छन्; युवक र युवतीहरू शत्रुका तरवारले मरेका छन्। आफ्नो रिसको दिनमा तपाईंले तिनीहरूलाई दया-माया नगरीकनै मार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “बुढापाका र जवानहरू सडकको धुलोमा एकसाथ लडिरहेका छन्; मेरा जवान केटा र केटीहरू शत्रुका तरवारले मारिएका छन्। तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ। Viz kapitola |