विलाप 2:20 - पवित्र बाइबल20 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खान्छे र? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खान्छन् र? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्। कसलाई तपाईंले यस्तो दु:ख दिनुभएको छ? के स्त्रीहरूले आफ्नै गर्भका फल, आफूले जन्माएका बालकहरूलाई खाऊन्? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्थानमा मारिऊन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हेर्नुहोस्, हे परमप्रभु! तपाईंले हामीलाई किन यसरी दण्ड दिनुहुन्छ! स्त्रीहरूले आफूले माया गरेका नानीहरूको मासु खान्छन्। पूजाहारीहरू र अगमवक्ताहरू मन्दिरमा नै मारिन्छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्: तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ? के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई, आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्? के प्रभुका पवित्रस्थानका पुजारीहरू र अगमवक्ताहरू दुवै मारिऊन्? Viz kapitola |