विलाप 2:2 - पवित्र बाइबल2 परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 याकूबका सबै वासस्थानहरूलाई परमप्रभुले कत्ति पनि नटिठ्याएर नाश गर्नुभयो। आफ्नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्लाहरू भत्काइदिनुभयो। त्यो राज्य र त्यसका राजकुमारहरूलाई उहाँले भूइँमा ढालेर अपमानित तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 प्रभुले कति पनि नटिठ्याएर यहूदाको प्रत्येक गाउँलाई नाश गर्नुभयो। ती देशका बलिया किल्लाहरू भताभुङ्ग पारिदिनुभयो। उहाँले त्यो राज्य र त्यसका शासकहरूलाई अपमानित तुल्याइदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई दया नदेखाई नष्ट पार्नुभयो; उहाँले आफ्नो रिसमा यहूदाका छोरीका बलिया किल्लाहरू ध्वस्त गर्नुभयो। उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो। Viz kapitola |