Online Bible

- Reklamy -




विलाप 2:19 - पवित्र बाइबल

19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्‍थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्‍लीका मोड़मा भोकले मूर्च्‍छा खाने आफ्‍ना बालकहरूका प्राणको निम्‍ति आफ्‍नो हात उहाँतिर उठा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 रातभरि जागेर प्रभुलाई बारम्‍बार पुकार्‌; आफ्‍ना बालकहरूका लागि दया पाउन हृदय खोलेर उहाँसँग बिन्‍ती गर्‌; हरेक गल्‍लीको कुना-कुनामा बालकहरू भोकले मर्दै छन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब रातको पहिलो पहर सुरु हुन्छ, तब रातभरि उठेर करा; तेरो हृदय पानीझैँ प्रभुको उपस्थितिमा पोख्। तेरा बालबालिकाको जीवनको निम्ति आफ्ना हातहरू उहाँतिर उठा, ती बालकहरू, जो हरेक गल्‍लीका मोडमा भोकले मूर्च्छा परेका छन्।

Viz kapitola kopírovat




विलाप 2:19

Následuj nás:

Reklamy


Reklamy