विलाप 2:12 - पवित्र बाइबल12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब सहरका गल्लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्छा पर्छन्, जब आफ्ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्छन्, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 भोक लाग्यो र तिर्खा लाग्यो भनी केटा-केटीहरू आ-आफ्ना आमालाई भन्छन्; तिनीहरू घाइते भएझैँ सडकहरूमा ढल्छन्। तिनीहरू आ-आफ्ना आमाको काखमा नै बिस्तारै मर्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिनीहरू गल्लीहरूमा घाइते ढलेझैँ ढल्छन्, जब तिनीहरूको प्राण आफ्ना आमाका काखमा शिथिल हुन्छन्, तब आफ्ना आमाहरूलाई यसो भन्छन्, “खोइ, भोजन र दाखमद्य कहाँ छन्?” Viz kapitola |