विलाप 2:10 - पवित्र बाइबल10 सियोनका सबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले, अनि भाङ्ग्राको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दु:खले टाउको भूइँमा झुकाएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्छन्, तिनीहरूले आफ्ना टाउकामा धूलो हालेका छन्, र भाङ्ग्रा ओढ़ेका छन्। यरूशलेमका कुमारीहरूले आफ्ना शिर भूइँसम्मै निहुराएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यरूशलेमका बुढा-पाकाहरू चुपचाप भएर भूइँमा थुचुक्क बस्छन्। तिनीहरूले आ-आफ्ना टाउकोमाथि धुलो हालेका छन् र आफ्नो शरीरमा भाङ्ग्रा ओढेका छन्। तरुणी केटीहरूले आफ्ना शिरहरू भूइँसम्मै निहुराएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सियोनका छोरीका धर्मगुरुहरू चुपचाप भुइँमा बसेका छन्; तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्, र भाङ्ग्राका वस्त्र पहिरिएका छन्। यरूशलेमका कुमारीहरूले आफ्नो शिर भुइँतिर झुकाएका छन्। Viz kapitola |