विलाप 1:14 - पवित्र बाइबल14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “मेरा पापहरू एक जुवामा बाँधिएका छन्। उहाँकै हातद्वारा ती बाँधिए, ती मेरो काँधमा राखिएका छन्, परमप्रभुले मेरो बल घटाउनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा पारिदिनुभयो, जसको म सामना गर्न सक्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “उहाँले मेरा सबै पापहरू लेखेर राख्नुभएको छ र ती कुरालाई बाँधिराख्नुभएको छ; उहाँले ती कुरालाई मेरो घाँटीमा झुण्ड्याइदिनुभयो र त्यसको भारले म निर्बल भएको छु। प्रभुले मलाई मेरा शत्रुहरूका हातमा पारिदिनुभएको छ र तिनीहरूको सामना गर्न म असहाय भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, जसको म सामना नै गर्न सक्दिनँ।” Viz kapitola |