Online Bible

- Reklamy -




विलाप 1:1 - पवित्र बाइबल

1 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नितान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएकी छे। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएकी छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मानिसहरूले भरिएको सहर अब कस्‍तो सूनसान भयो। त्‍यो त एक विधवाजस्‍तो भएको छ। जो एक पल्‍ट जाति-जातिहरूमा महान्‌ र प्रदेशहरूमा राजकुमारीजस्‍तै थियो, अब त्‍यो दासत्‍वमा परेको सहर भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक समय मानिसहरूले भरिएको यरूशलेम, अब कस्‍तो सुनसान भएको छ! एक समय संसारले इज्‍जत गरेको, अब त्‍यो विधवाजस्‍तै भएको छ; सहरहरूकी राजकुमारी दासत्‍वमा परेकी छे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे।

Viz kapitola kopírovat




विलाप 1:1

Následuj nás:

Reklamy


Reklamy