यहूदाको पत्र 1:7 - पवित्र बाइबल7 सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्यभिचार गरेर अस्वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसै गरी सदोम र गमोरा अनि वरिपरिका सहरका मानिसहरूले एकपछि अर्को गर्दै घिनलाग्दा व्यभिचारका काम गर्न लागे। आगोमा नाश पारिएर तिनीहरू कहिल्यै ननिभ्ने आगोको दण्ड पाउनेहरूका नमुना भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्। Viz kapitola |