यहूदाको पत्र 1:16 - पवित्र बाइबल16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अरूको त्रुटि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यी मानिसहरू कहिल्यै सन्तोष नहुने, सधैँ अरूको दोष खोजी निकाल्ने र आफू नै नराम्रो इच्छामा लाग्ने, आफैंलाई ठूलो सम्झिने अनि आफ्नो काम बनाउन अरूलाई चिप्लो घस्ने हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यी मानिसहरू गनगन गर्नेहरू र दोष खोज्नेहरू हुन्। तिनीहरू आफ्नै दुष्ट विचारको पछि लाग्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्छन्, र तिनीहरू आफ्नै लाभको निम्ति अरूको चापलुसी गर्दछन्। Viz kapitola |