Online Bible

- Reklamy -




यहूदाको पत्र 1:12 - पवित्र बाइबल

12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरू पूर्णरुपले मर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्‌। किनकि यिनीहरू आफ्‍नै मात्र ख्‍याल राखी धन्‍दै नमानी बेसरी खान्‍छन्‌ र पिउँछन्‌। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्‍ता, जो दुई पल्‍ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यी मात्तिएका मानिसहरू तिमीहरूको प्रीति-भोजमा कलङ्‌क हुन्। तिनीहरू अरूको वास्‍तै नगरी आफ्‍नै पेट भर्ने हुन्। तिनीहरू बतासले उडाएर लैजाने र पानी नपार्ने हल्‍का बादलजस्‍तै छन्। तिनीहरू फल केही नभएका जरैदेखि उखेलिएका नाङ्गा सुकिसकेका रूखजस्‍तै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्‍कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुई पल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:12

Následuj nás:

Reklamy


Reklamy