यहोशूको पुस्तक 9:27 - पवित्र बाइबल27 यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तर त्योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्ति दाउरा काट्न र पानी बोक्न लाए। परमप्रभुले आफ्ना आराधना-स्थल भनी छान्नुभएको ठाउँमा आजसम्म तिनीहरूले ती काम गरिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्। Viz kapitola |