यहोशूको पुस्तक 9:13 - पवित्र बाइबल13 हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यी दाखमद्यका मशकहरू भर्दा ती नयाँ नै थिए तर हेर्नुहोस्, ती फाटिसकेका छन्। लामो यात्राले गर्दा हाम्रा कपडा र चप्पलहरू फाटिसकेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।” Viz kapitola |