यहोशूको पुस्तक 8:31 - पवित्र बाइबल31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गाद्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 परमप्रभुका दास मोशाले इस्राएलीहरूलाई आज्ञा गरेबमोजिम र मोशाले दिएको व्यवस्थाको पुस्तकमा लेखिएअनुसार, नकाटेको, अर्थात् फलामले नछोएका ढुङ्गाहरूको एउटा वेदी बनाए, र त्यसमा तिनीहरूले परमप्रभुको निम्ति होमबलि चढ़ाए, र मेलबलि पनि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यो वेदी परमप्रभुको सेवक मोशाले इस्राएलीहरूलाई दिएका आदेशहरूअनुसार तिनले कहिल्यै फलामले नछोएका ढुङ्गाले बनाए। मोशाको व्यवस्थामा भनेअनुसार त्यस वेदीमा तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए। Viz kapitola |