Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:29 - पवित्र बाइबल

29 यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत-शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अनि तिनले ऐका राजालाई साँझसम्‍म एउटा रूखमा झुण्‍ड्याइराखे र सूर्यास्‍त हुँदा यहोशूको आज्ञाबमोजिम तिनीहरूले त्‍यसको लाश रूखबाट तल झारेर सहरको ढोकाभित्र पस्‍ने ठाउँमा फालिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्‍मै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिनले ऐका राजालाई एउटा रूखमा झुन्‍डाएर साँझसम्‍म त्‍यतिकै छोडिराखे। घाम अस्‍ताउँदा तिनले राजाको लाश हटाउने आज्ञा दिए र तिनीहरूले लाश सहरको ढोकामा फ्‍याँकिदिए अनि थुप्रै ढुङ्गाहरूको राशले लाश ढाकिदिए र त्‍यो ढुङ्गाको थुप्रो आजसम्‍म त्‍यहाँ छँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यहोशूले ऐको राजालाई एउटा रूखमा झुण्ड्याइदिए; र तिनलाई साँझसम्मै त्यहाँ छोडिदिए। सूर्यास्तमा तिनले राजाको शरीरलाई रूखबाट उतारेर सहरको ढोकाको सँघारमा फ्याँकिदिन आदेश दिए। अनि तिनीहरूले त्यसमाथि ढुङ्गाहरूको थुप्रो लगाइदिए, जुन थुप्रो आजको दिनसम्म छँदैछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:29

Následuj nás:

Reklamy


Reklamy