Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:20 - पवित्र बाइबल

20 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेद्न छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐका मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्‍ने मौका नै रहेन, किनभने उजाड़-स्‍थानतिर भाग्‍ने इस्राएलीहरू खेद्‌नेहरूतिर फर्केर जाइलागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ऐका पुरुषहरूले फर्केर हेर्दा धुवाँ आकाशतिर उठिरहेको देखे। तिनीहरूको भाग्‍ने केही उपाय थिएन किनभने उजाड-भूमितिर दगुरी गएका इस्राएलीहरूले फर्केर तिनीहरूलाई हमला गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:20

Následuj nás:

Reklamy


Reklamy